कर्णालीका क्याम्पसहरूमा स्ववियु निर्वाचन जारी

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत कर्णालीका अधिकांश क्याम्पसहरुमा निर्वाचन जारी रहेको छ । छिटफुट स्थान बाहेक अन्य सबै क्याम्पसहरुमा बिहान आठ बजेदेखि मतदान जारी रहेको छ । मध्यपश्चिम विश्वविद्यालयका १० वटा आंगिक र त्रि–भूवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा मतदान भइरहेको छ । मध्यपश्चिम विश्वविद्यालयमा भने उच्च अदालतमा मुद्दा परेकाले निर्वाचन स्थगित गरिएको छ ।
सुर्खेत बहुमुखी क्याम्पसमा पनि बिहान ८ बजेदेखि नै मतदान जारी छ । यहाँ करिब २ हजार ५ सय भन्दा बढी मतदाता रहेका छन् । यहाँ एमाले निकट अनेरास्ववियूका अक्कलबहादुर सिजापति र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हिक्मत शाहीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ नेविसंघले अखिललाई सघाएको छ भने अनेरास्ववियू (एस)ले अनेरास्ववियूलाई सघाइरहेको छ ।
दोणाञ्चल क्याम्पस दुल्लू दैलेख, नारायण क्याम्पस, कालिकोटको तिला कर्णाली बहुमुखी, मुगुको रारा बहुमुखी क्याम्पस, लगायतका क्याम्पसहरुमा पनि मतदान जारी छ । कर्णालीका केही क्याम्पसमा निर्विरोध रुपमा चुनाव सम्पन्न भइसकेको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_AytddUwsy0_h8uxc2ejhtbiqif1qv6ctt0blul2rcqbqcvhkubarmiulaz1ppllnramyame.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया