किजा पूजा अर्थात् भाइटिका

काठमाडौँ : नेवार समुदायले आज धुमधामका साथ किजा पूजा अर्थात् भाइटिका मनाएको छ । नेवार समुदायमा नेपाल सम्बतको अवसरमा म्हः पूजा अर्थात आत्म पूजा गरेपछि किजा पूजा अर्थात् भाइटिका गर्ने प्रचलन छ । तर, नेवार समुदायमा यो चाड मनाउने कुरामा मतैक्यता देखिएन ।
उपत्यकाका तीन जिल्लामा फरक-फरक दिन यो चाड मनाइँदै आएको छ । कतिपयले आइतबार नै म्हः पूजा गरी सोमबार किजा पूजा गरेका छन् भने केहीले आज । सोमबार नेपाल सम्बतको नयाँ वर्ष भएकाले मंगलबार किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरूको तर्क छ ।
कतिपयले भने नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार सोमबारै किजा पूजा गरेका छन् ।किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी बिमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ ।
त्यसपछि दाजुभाइ दिदीबहिनीले एकअर्कालाई अक्षता, अबिर, दही, चिउरा र पानी राखेको रातो टिका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकी सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ ।
नेवार समुदायमा तिहारलाई ‘स्वन्ति नखः’ पनि भनिन्छ । उनीहरूले तिहारको बेला लक्ष्मी पूजा, म्हः पूजा, किजा पूजा र नेपाल सम्बत विशेष रुपमा मनाउँछन् ।
सरकारले किजा पूजाको अवसरमा मंगलबार सार्वजनिक बिदासमेत दिएको छ । यस्तै, काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छ ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_3Fvq3qBKuy_f9uxug4nq5nqrej9nuud9uqpm5hxmvbk46lfimtqbmsjnpnlrkeyjsn047eq.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया