अतिविपन्न परिवारलाई वीरेन्द्रनगरले प्रदान गर्यो स्वास्थ्य बीमा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अतिविपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमको सञ्चालन गरेको छ । स्वास्थ्य सेवालाई सबैको पहुँचयोग्य बनाउनको लागि उक्त बीमाको सुरुवात गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले चार जना अतिविपन्न परिवारका सदस्यलाई बीमा परिचय पत्र हस्तान्तरण गरेर गएको शुक्रवार कार्यक्रमको शुभारम्भ गरिन् ।
मेयर ढकालले संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई हरेक नागरिकको पहुँचमा पुर्याउन नगरपालिकाले उत्साहपूर्ण र महत्वकांक्षी योजनाका रूपमा बीमा कार्यक्रमको शुभारम्भ गरेको बताइन् ।
‘स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउँनुका साथै नेपालको संविधानमा व्यवस्था भए अनुरुप राज्यबाट प्रवाह हुने सेवा सुविधा हरेक नागरिकले सहज पाउनु पर्ने भन्ने छ,’ नगर प्रमुख ढकालले भनिन्, ‘नेपाल सरकारले तोकेको अतिविपन्न पहिचानको मापदण्डलाई अनुशरण गर्दै आर्थिक अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर हामीले यो कार्यक्रम सुरुवात गरेका हौँ ।’
नगरपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रूपमा विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम गर्न बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका लागि स्थानीय सरकारले ल्याएको बीमा कार्यक्रमले लक्षित वर्गलाई लाभ पुग्ने विश्वास लिएको ढकालको भनाइ छ । स्वास्थ्य बीमा बोर्ड कर्णालीसँगको सहकार्यमा नगरपालिकाका १६ वटै वडाका अतिविपन्न परिवारको पहिचान गरी बीमा कार्यक्रममा समावेश गरिने नगरपालिकाले जनाएको छ ।
उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाले हरेक विपन्न परिवारको बीमा गर्दा लाग्ने तीन हजार पाँच सय बराबरको रकम दिनेछ । हालसम्म नगरपालिकामा करिब तीन सय जनाले बीमाका लागि निवेदन दिएका छन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_AytddUwsy0_h8uxc2ejhtbiqif1qv6ctt0blul2rcqbqcvhkubarmiulaz1ppllnramyame.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया