भारतभन्दा नेपालमा धेरै जोखिम, सचेत र अनुशासित हुन आग्रह

काठमाडौँ : पछिल्लो साता नेपालमा कोभिड-१९ संक्रमणदर तीव्र भएको छ । बुधबार मात्रै ८ हजार ६ सय ५९ नयाँ संक्रमित थपिएका छन् भने ५८ जना संक्रमितको मृत्यु भएको छ । अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले पूर्वी एसिया र दक्षिण एसियाली देशहरूमा लाओसपछि नेपाल उच्च जोखिममा रहेको उल्लेख गरेको छ ।
एक महिना अवधिको संक्रमणदर हेर्ने हो भने छिमेकी भारतमा भन्दा नेपालमा धेरै जोखिम रहेको देखिन्छ । भारतमा एक महिनाको अवधिमा कोभिड-१९ संक्रमण५१६ प्रतिशतले संक्रमित बढेका छन् भने नेपालमा १,६४५ प्रतिशतको वृद्धि छ । महामारीको दोस्रो लहरबाट बच्न अहिले निषेधाज्ञा लागू गरिएको छ ।
मानिसहरूलाई हिँडडूलमा प्रतिबन्ध लगाएकाले यसबाट संक्रमणको साङ्लो (चेक ब्रेक) गर्न सकिने भएकाले निषेधाज्ञालाई विकल्पको रूपमा प्रयोग गरिएको हो । नेपालले फागुन २३ देखि देशभर खोप अभियान शुरु गरेको भएपनि खोपको अभावमा त्यसलाई निरन्तरता दिन कठिन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बताउँछन् ।
‘हामीले सकेसम्म छिटो खोप ल्याएर यसलाई निरन्तरता दिन पहल गरिरहेका छौं,’ उनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हामी सधैं सचेत हुनैपर्छ ।’ उनले संक्रमणदर तीव्र रहेकाले सचेत रहन र निषेधाज्ञापछि पनि भौतिक दूरी, मास्कको प्रयोग, हातको सरसफाइ लगायत सबैखाले स्वास्थ्य सुरक्षाका मापदण्ड कठोरताका साथ पालना गर्नुपर्ने भन्दै ‘हामी सबै सचेत र अनुशासित भए’ मात्र संक्रमणको जोखिम घटाउन सकिने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अझै केही साता संक्रमण तीव्र हुनेछ । मन्त्रालयले असारसम्म दैनिक ११,००० को संख्यामा नयाँ संक्रमित आउनसक्ने र त्यसपछि नयाँ संक्रमणको दर क्रमशः ओरालो लाग्ने (कर्भ हुने) प्रक्षेपण गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया