ग्रीनसिटी हस्पिटलले गर्याे ३० किलोभन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेसन

काठमाडौँ- ग्रीनसिटी हस्पिटलले ३० किलोभन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ ।
अस्पतालले माघ ५ गते ताप्लेजुङ स्थायी घर भइएकी हाल भक्तपुरमा बस्ने ४९ वर्षीया रिता शेर्पाको ३० किलोभन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको हो । अस्पतालले आर्थिक रूपमा कमजोर रहेकी शेर्पालाई निःशुल्क अप्रेसन गरी नयाँ जीवन दिएको छ ।
अस्पतालले टयुमरको अप्रेसनका लागि पाँच लाख बढी खर्च गरेको र बाहिर अप्रेसन गर्न परे आठ लाख बढी खर्च लाग्ने बताएको छ । अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको अप्रेसनहरू निःशुल्क रूपमा गर्दै आएको छ । अप्रेसन अघि शेर्पाको पेटमा तीस केजीको भारीले हिँड्न नमिल्ने, खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा अहिले सफल अप्रेसनपछि सामान्य अवस्थामा आएको जनाएको छ ।
शेर्पाको अप्रेसन गर्ने अस्पतालकी डा. रुपा झाले बिरामीको तत्काल अप्रेशन गर्दा स्वास्थ्यमा अन्य धेरै जटिल समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न चेकजाँच गरी अप्रेसन सफलतापूर्वक गर्न सफल भएको बताइन् । उनले अप्रेसन गर्न साधारण अवस्था नभए पनि सफलताका साथ गर्न सफल भएको भन्दै खुसी व्यक्त गरिन् ।
अस्पतालले जटिल प्रकृतिका रोगको निःशुल्क उपचार गर्नका लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया