सुर्खेत आएर नेपालले भने : आँट हुनेले राजनीतिको कोर्स चेन्ज गर्छ

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट हुनेले राजनीतिको कोर्स नै चेन्ज गर्ने बताएका छन् । विगतदेखि नै विभिन्न समयमा राजनीतिक परिवर्तनमा सहभागी भएर राजनीतिको कोर्ष बदल्दै आएको नेपालको भनाइ छ ।
पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका अध्यक्ष नेपालले सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘आँट हुनेले मात्र राजनीतिको कोर्स चेन्ज गर्छ’ नेपालले भने, ‘त्यो आँट हामीसँग छ ।’ उनले राष्ट्रपतिमा कुनै पनि लुछाचुँडी नभएको दावी गरे ।
‘आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको टुंगो लगाएका छौ’ अध्यक्ष नेपालले भने, ‘हामीले एउटै बैठकबाट सहमतिमै राष्ट्रपतिको उम्मेदवार बनाएका हौँ ।’ राष्ट्रपतिमा आठदलीय गठबन्धनले अघि सारेका उम्मेदवार नै विजयी हुने उनको दाबी थियो ।
अध्यक्ष नेपालले नेकपा एस पार्टीलाई कसैले पनि माइनस र मिनिमाइज गर्न नसक्ने बताउँदै विचार र मन मिल्ने पार्टीसंग पार्टी एकता गर्ने पक्षमा रहेको प्रष्ट पारे । नेपालले काँग्रेस र समाजबादीले एक÷एक वर्ष आलोपालो प्रधानमन्त्री बन्ने भन्ने मिडियामा आएको विषय सत्यता नरहेको बताएका छन् । उनले गणतन्त्र र संघीयताको रक्षाका लागि आठदलीय गठबन्धनमा सहभागी भएको उनले जनाए । नेपालले कुनै पनि अन्य पार्टीमा आफ्नो पार्टी विलय भने नहुने स्पष्ट पारे ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Mo9b2gpp0R_zg0awavhbp5cclj5lkqlu7x31hwzp1vsj7sdyzf6y0en6zx5y5p3iyqmv6zj.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया