भारतबाट आउने यात्रुले यी ८ होटलमा बस्न पाउँछन् क्वारेन्टिन

काठमाडौं : भारतबाट हवाई उडान मार्फत आउने यात्रुहरुलाई क्वारेन्टिनमा राख्न सरकारले आठ होटलहरू सूचिकृत गरेको छ । भारतबाट एयर बबल सुविधाअन्तर्गत नेपाल प्रवेश गर्ने यात्रुले होटलमा १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।
गत बैशाख १९ मा बसेको मन्त्रिपरिषद्ले क्वारेन्टिनमा राख्ने निर्णय गरेको थियो । नेपाल पर्यटन बोर्डले आवश्यकतानुसार समय-समयमा अद्यावधिक गरी सरोकारवालाहरुलाई सूचित गर्ने बताइएको छ ।
ती होटलहरुले विमानस्थलबाट होटलसम्म यात्रुहरुलाई ल्याउनुका साथै खाना तथा बसोबासको व्यवस्था गर्नेगरी मिलाइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । एयरपोर्ट पिकअप लजिङ फुडिङसहित बढिमा प्रतिव्यक्ति प्रतिदिन ३ हजार रुपैयाँ लिन सक्ने गरी होटल दर कायम गरिएको उल्लेख छ ।
नेपाल वायुसेवा निगम र एयर इन्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुहरुको विवरण लिई प्रत्येक उडानका यात्रुहरुलाई होटल क्वारेन्टिनका लागि सहजिकरण गर्नेछ ।
यात्रु र होटलहरुले स्वास्थ मापदण्डको पालना गरे नगरेको सम्बन्धमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र प्रहरीको संयुक्त टोलीले अनुगमन गरी सो को दैनिक प्रतिवेदन नियमित रुपमा सिसिएमसी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयमा पेश गर्नेछन् ।
सम्बन्धित यात्रुले १० दिनको होटल क्वारेन्टिनको मापदण्ड पालना नगरेको पाईएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जानकारी दिएको छ । यसैगरी यात्रुहरु १० दिनको होटल क्वारेन्टिनमा नबसेको पाइएमा सम्बन्धित होटलले तुरुन्त स्थानीय प्रशासनलाई सूचित गर्नुपर्ने उल्लेख छ ।
यी होटलमा मात्रै क्वारेन्टिन बस्न पाइन्छ :

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

प्रतिक्रिया