काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा गौतम विजयी

काठमाडौ - काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतम विजयी भएका छन् । आगामी ३ वर्षे कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी शान्तकुमार श्रेष्ठलाई १२९ मतान्तरले पराजित गर्दै गौतम विजयी भएका हुन् । गौतमले ६१० मत प्राप्त गर्दा श्रेष्ठले ४८१ मत मात्रै ल्याउन सके ।
भृकुटीमण्डपस्थित सभागृहमा भएको मतगणनाम श्रेष्ठ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा झिनो मतान्तरले कविन्द्र महर्जन विजयी भएका छन् । उनले गौतम प्यानलका कमला भट्टराई (काफ्ले) लाई पराजित गरे ।
महर्जनले ५३७ र भट्टराईले ५३० मत प्राप्त गरे । यसैगरी, श्रेष्ठ प्यानलका बासु खड्का ५६६ मतका साथ प्रथम उपाध्यक्षमा विजयी हुँदा उनका प्रतिस्पर्धी लक्ष्मण थपलिया (दुर्लभ)ले ५०१ मत मात्रै ल्याउन सके ।
त्यस्तै, संघको द्वितीय उपाध्यक्षमा गौतम प्यानलका तिलकबहादुर लामा विजयी भएका छन् । लामाले ५७० मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी टिकाराम सुवेदीले ४९१ मत पाए ।
यसैगरी संघको महासचिवमा गौतम प्यानलकै पंचमराम तामाङ (विजय) विजयी भएका छन् । उनले ६३६ मत ल्याएर विजयी हुँदा श्रेष्ठ प्यानलका इश्वरराज पन्तले ४४४ मत मात्रै प्राप्त गरे ।
त्यस्तै उपमहासचिव (नितिगत) मा श्रेष्ठ प्यानलका कृष्ण केसी (कृष) ६१३ मत ल्याउदै विजयी भएका छन् । उनका प्रतिस्पर्धी अर्जुन महर्जनले ४३३ मत मात्रै प्राप्त गरे । यसैगरी, उपमहासचिव (आन्तरिक) मा राजन गौतम ६०९ मतका साथ विजयी भएका छन् । राजनले ६०९ प्राप्त गर्दा श्रेष्ठ प्यानलका यन प्रसाद अधिकारी (राजु) ले ४३७ मत मात्रै ल्याउन सके ।
संघको कोषाध्यक्षमा मनोज श्रेष्ठ ५३९ मत प्राप्तगरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठ प्यानलका रमेश महर्जनले ३८२ मत प्राप्त गरेका छन भने स्वतन्त्र रुपमा चुनावमा लडेका राजाराम चौधरीले ११६ मत प्राप्त गरे । त्यस्तै सह-कोषाध्यक्षमा श्रेष्ठ प्यानलका संजिव शाक्य विजयी भएका छन् ।
शाक्यले ४४० मत ल्याउदा राजन श्रेष्ठले ३६३ मत मात्रै प्राप्त गरे भने स्वतन्त्र उठेका केदार प्रसाद अधिकारीले २४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत युवक कुमार गौतमले जानकारी दिए ।
यसैगरी महिला सदस्य र खुल्ला सदस्यको भने मतगणना भैरहेको प्रमुख निर्वाचन अधिकृत गौतमले बताए । संघमा रहेका एकहजार ६१६ मतदातामध्ये १ हजार १२४ मत खसेको थियो ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया