निर्माण व्यवसायी संघको निर्वाचन : राष्ट्रिय सभागृहमा मतदान जारी

काठमाडौँ- काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नयाँ नेतृत्त्वका लागि मतदान जारी छ । तोकिएको समयावधि भन्दा दुईघण्टा ढिलोगरी ११ बजेदेखि मतदान सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत युवक कुमार गौतमले अहिले बिहान ११ बजेदेखि मतदान सुरु भएको जानकारी दिए । निर्वाचन कार्यक्रममा करिब १६ सय मतदाताको नामावली समावेश छ ।
साँझ ४ बजे सम्म भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा मतदान भइरहेको गौतमले बताए । मतदान सम्पन्न भए लगतै मतगणना गरिने समेत प्रमुख निर्वाचन अधिकृत उनको भनाइ छ ।
आगामी तीन वर्षको नेतृत्वका लागि छुट्टाछुट्टै दुई समूह प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । कृष्ण प्रसाद गौतम र शान्त कुमार श्रेष्ठ (सन्तु) छुट्टाछुट्टै दुई समूह चुनावी मैदानमा होमिएका हुन् ।
गौतमको समूहबाट चुनावी मैदानमा वरिष्ठ उपाध्यक्षमा कमला भट्टराई (काफ्ले), प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्षमा तिलक बहादुर लामा, महासचिवमा पंचमराम तामाङ (बिजय) होमिएका छन ।
त्यस्तै उपमहासचिव (नीतिगत) मा अर्जुन महर्जन, उपमहासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह-कोषाध्यक्षमा राजन श्रेष्ठले रहेका छन ।१ जना महिला सदस्यको लागि ३ जना र ९ जना खुल्ला सदस्यको लागि २४ जनाले प्रतिस्पर्धा गरिरहेको प्रमुख निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।
त्यसैगरी, श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष बासु खड्का, द्वितीय उपाध्यक्षमा टिकाराम सुवेदी, महासचिवमा ईश्वरराज पन्त चुनावी मैदानमा छन ।
त्यस्तै उपमहासचिव (नितिगत) मा कृष्ण केसी (कृष), उपमहासचिव (आन्तरिक) मा यनप्रसाद अधिकारी (राजु), कोषाध्यक्षमा रमेश महर्जन र सह-कोषाध्यक्षमा संजिव शाक्य चुनावी मैदानमा होमिएका छन ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया