आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

राष्ट्रपतिको निर्वाचनमा विदेशी हस्तक्षेप हुँदैछ : भीम रावल

सुर्खेत- नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनमा विदेशी हस्तक्षेप भएको बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा अहिले देखिएका गतिविधिले आमनागरिक पनि चकित परिरहेका नेता रावलकाे भनाइ छ ।

साेही क्रममा उनले ​विदेशी राजदूतहरू नेताहरूका घर-घरमा गएर भैलो खेलिरहेकाे टिप्पणी समेत गरे । उनले यसरी देशको राष्ट्रपति जस्तो संविधानको संरक्षक नेपाली जनताको प्रतीक हुनुपर्ने पदलाई विदेशीले हस्तक्षेप गरेको भन्दै खेद प्रकट गरे ।

स्वार्थमा नेपालको राजनीति चलिरहेकाले गठबन्धन धेरै समय नटिक्ने ठहर आफूले​ पहिले नै गरेको पनि उनले बताए ।

‘अहिलेको सरकार बन्दा पनि मैले यो गठबन्धन पनि टिक्दैन भनेर भनेको थिए तर, यही हुँदैछ नेपाली राजनीतिमा,’ नेता रावलले भने, ‘अहिले राष्ट्रपतिको निर्वाचनका लागि बाहिरको सहयोग लिन खोजिँदैछ ।’