अध्यक्षमा गौतमले गरे उपत्यका निर्माण व्यवसायी संघमा टिमको घोषणा

काठमाडौँ- काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संघको १७ औं साधारण सभा तथा ९ औंअधिवेशन तथा निर्वाचन फागुन १४ गते हुने भएको ह ।
आगामी अधिवेशनका लागि गौतमले अध्यक्षसहित प्यानल घोषणा गरेका हुन् । संघमा अध्यक्ष रहेका गौतमले एक कार्यकालका लागि आफूले काम गर्ने भनेर घोषणा गरेका छन् ।
उनले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा नीति नियमका कारण निर्माण व्यवसयीको पेशा धराशायी भएको दाबी गरे । 'व्यवसाय धर्मसंकटमा रहेको छ । यसका लागि निर्माण व्यवसायीहरूको सुझाब अनुसार काम गरिन्छ,' उनले भने ।
अध्यक्ष गौतमले बानेश्वरको एक होटलमा आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् । समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्धितिय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्च बहादुर तामाङ –विजय), उप महासचिव (नीतिगत) हर्जुन मर्हजन रहेका छन् ।
त्यसैगरी, उप–महासचिव (आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ घोषणा गरेका छन ।
बाँकी सदस्यहरू सदस्य पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार गौतमले प्रस्ट पारे । संघमा करिब एक हजार पाँच सय सदस्यहरु रहेका छन् । संघको कार्यकाल तिन वर्षको हुन्छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया