सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन्- सरकार पाँचै वर्ष चल्छ, चुनावमा गए जनताले लखेट्छन्

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष निरन्तर चल्ने दाबी गरेका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको क्रममा उनले प्रदेश सरकार निरन्तर पाँचै वर्ष चल्ने दाबी गरेका हुन् ।
मुख्यमन्त्री शाहले विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भैरहेको बताउँदै विश्वासको मत लिने कुरामा सबैदल सकारात्मक रहेको बताए । अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचन नचाहेको बताउँदै मुख्यमन्त्री शाहले फेरि चुनावमा गए जनताले लखेट्ने बताए ।
पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएपछि शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाहले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ।
५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारूढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया