बेलायतको अडान यथावत : ईयूका नागरिक गैरयूरोपेली सरह

काठमाडौँ : यूरोपेली मुलुक बेलायतले यूरोपियन यूनियन (ईयू) बाट आफ्नो बहिर्गमन (ब्रेक्जिट) पछिको सम्बन्धका लागि गरिने सम्झौता आधार परिवर्तन नहुने जनाएको छ । ईयूका लागि बेलायतका प्रमुख वार्ताकार डेभिड फ्रस्टले ब्रसेल्समा छलफल गर्नुअघि त्यस्तो बताएका हुन् ।
'हामीले सम्झौताका लागि निरन्तर वार्ता गरिरहेका छौँ । सम्झौताका लागि बेलायतको सार्वभौमसत्ता र हाम्रा कानुन, व्यापार र हाम्रो पानी (समूद्र) को अधिकार विपरित हने गरी सम्झौता सम्भव छैन्,' उनले भने, 'यो मैले निरन्तर बताउँदै आएको छु । यसमा परिवर्तन हुन सम्भव छैन ।' उनले आफ्नो इयू समकक्षी मिसेल बार्नियरसँग पनि यो विषयमा छलफल गरे ।
आगामी केही दिन सम्झौताका आधार निर्माणका लागि वार्ता गर्ने प्रसंग महत्वपूर्ण रहेको र वर्षको अन्त्यसम्म बेक्जिट सम्झौतापछिको सङ्क्रमणकालीन अवस्था सकिने भन्दै सहमति निर्माणमा इमानदार हुन जरूरी रहेको बताएको सचार माध्यमहरूले जनाएका छन् । सम्झौताका लागि केही प्रगति भए पनि महत्वपूर्ण विषयहरू अझै टुङ्गोमा पुग्न सकेका छैनन् ।
सम्झौताका आधार निर्माणका लागि वार्ता भएपनि वर्षको अन्त्यसम्म बेक्जिट सम्झौतापछिको सङ्क्रमणकालीन अवस्था सकिने छ । सहमति निर्माणमा इमानदार हुन बेलायतले जनाएको सचार माध्यमहरूले उल्लेख गरेका छन् । सम्झौताका लागि केही प्रगति भए पनि महत्वपूर्ण विषयहरू अझै टुंगोमा पुग्न सकेको छैन ।
बेलायतले ईयू राष्ट्रहरूसँगको खुला आवतजावत सम्झौता अन्तत: कानुनी रूपमै खारेज गरिसकेको छ । बेलायतमा युरोपेली मुलुकका नागरिकले स्वतन्त्रतापूर्वक पहिले झै आउन र काम गर्न पाउँदैनन् । त्यो बिशेषाधिकार अन्त्य गर्ने विधेयक बेलायती संसद्को उपल्लो सदनले नै पारित गरिसक्यो । २०२१ जनावरी १ देखि यूरोपेलीले पनि गैरयूरोपेलीले झैं नै प्रक्रिया पुरा गरेर मात्र बेलायत पस्न पाउँछन् । यद्धपि आयरल्यान्डको हकमा भने पूर्ववत विशेषाधिकार निरन्तर रहनेछ ।

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_7OKSeBG3qn_i72cao1tsephugrbccdvsbvyo4nu8ufzs3n1fqhhtvygscpbcezwvy08srxa.jpg)
कङ्गोमा भारी वर्षाले २९ जनाको मृत्यु
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण …

प्रतिक्रिया