सात महिनापछि कमला नगरपालिकाकाे बजेट पारित

जनकपुरधाम- लामाे समयपछि धनुषा जिल्लास्थित कमला नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमसहितको बजेट पारित भएकाे छ ।
दुई पक्षकाे विवादका कारण ७ महिनापछि छैटौँ नगर सभाबाट चालु आर्थिक वर्षकाे बजेट पारित भएकाे हाे । कमला नगरपालिकाको बजेट पारित नभएका कारण सो पालिकाका कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूले तलब भत्ता पाउनबाट वञ्चित हुनुका साथै विकास निर्माणको कामकाज पनि बन्द नै रहेकाे थियाे ।
दुवै पक्षबीच सहमति भएपछि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट नगर सभाबाट पारित गरेको नगरपालिकाका नगरप्रमुख विषेश्वर यादवले जानकारी दिए । चालु आर्थिक वर्षका लागि कमला नगरपालिकाले ५५ करोड, ४५ लाख ४१ हजार ८ सय ७४ रुपैयाँको बजेट पारित गरेको हाे ।
नगरपालिकाले ९ वटै वडाका लागि ९५ लाखको दरले विकास बजेट विनियोजन गरेको छ भने वडा सञ्चालनका लागि ५ लाख प्रत्येक वडालाई दिने गरी बजेट विनियोजनसहितकाे सर्वसम्मतिले बजेट पारित गरिएकाे उनले बताए । पारित भएकाे बजेटमा शिक्षातर्फ १ करोड २२ लाख र स्वास्थ्यतर्फ ८० लाख विनियोजन गरिएकाे छ ।
नगर सभालाई सम्बाेधन गर्दै नगरपालिकाका नगरप्रमुख यादवले ढिलो गरी बजेट पारित भए पनि आर्थिक वर्ष सम्पन्न हुन ५ महिना मात्र बाँकी रहेकाले तीव्र रूपमा विकास निर्माणको काम अगाडि बढाउने भन्दै यसतर्फ लाग्न कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
नगरपालिकाले नगरको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारको विकासमा विशेष जोड दिइएको छ ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया