बालुवा गिट्टीसहित नौ टिपर प्रहरी नियन्त्रणमा

जनकपुरधाम - धनुषा प्रहरीले जनकपुरधामबाट खोलाबाट अवैध बालुवा /गिट्टी उत्खन्न गरि ल्याउने नौ वटा टिपर नियन्त्रणमा लिएका छन्।
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका- ५ स्थित जलाद खोलाबाट अवैध रूपमा बालुवारगिट्टी उत्खनन गरि ल्याई रहेको भन्ने गोप्य सूचनाको अधारमा वडा प्रहरी कार्यालय रेल्वे स्टेसन र मुजेलियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उप-महानगरपालिका - १ शहिद चोक र वडा नं. १३ पिडारी चोकस्थितमा बेंगाशिवपुरतर्फबाट आउँदै गरेको बालुवा र गिट्टी लोड रहेका टिपरहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाईएको प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जनाएका छन् ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया