मधेश सरकारका नवमन्त्रीले लिए शपथ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशको सरकारमा सहभागी भएको छ ।
मंगलबार माओवादीबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
यसअघि मन्त्रालयमा विषयमा विवाद हुँदा मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको थिएन । माओवादी केन्द्र सहभागी भएसंगै मधेश प्रदेशको सरकारले पूर्णता पाएको छ ।
मधेश प्रदेशमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । मुख्यमन्त्रीसहित जसपाले तीन मन्त्री, एक राज्यमन्त्री, नेकपा एमाले चार मन्त्री, एक राज्यमन्त्री, जनमत पार्टी दुई मन्त्री, एक राज्यमन्त्रीको जिम्मेवारी लिएर सरकारमा सहभागी छन् ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया