डडेल्धुरामा कृषि र सिँचाइमा गरेका करोडौंको लगानी बालुवामा पानीजस्तै

डडेल्धुरा- डडेल्धुरा जिल्लामा उत्पादन बढाउन राज्यले कृषि र सिँचाइमा गरेका करोडौंको लगानी बालुवामा पानीजस्तै प्रतिफलविहीन बनेको छ । वर्षौंदेखि राज्यले कृषि विकासका लागि सिँचाइ सुविधा भन्दै जिल्लाका विभिन्न खेतीयोग्य जमिनको सुधार, रोजगारी र उत्पादन वृद्धिका लागि निर्माण गरेका साना सिँचाइ योजनाहरूमा गरेका लगानी बालुवामा पानीजस्तै भएको हो ।
लाखौं रकमका दर्जनौं योजनाहरू स्थानीय किसानहरूले चासो नराख्दा बजेट कटौती हुनुका साथै उपयोगविहीन अवस्थामा रहेका छन् भने निर्माण भएका सिँचाइ पोखरीहरू पनि सञ्चालनमा आएका छैनन् ।
डडेल्धुरा सदरमुकाम आसपासका गाउँमा जंगली जनावरका कारण र कृषिकर्मलाई प्राथमिकतामा नराख्दा गाउँका खेतीयोग्य जग्गा बाँझो रहन थालेका छन् ।
यहाँका कृषकहरूले खेती गर्न छोडेर आर्थिक उपार्जनको वैकल्पिक बाटो अवलम्बन गर्न थालेको अमरगढी ५ सेलागाउँका रामचन्द्र अवस्थीले बताए ।
गाउँमा कृषि गर्ने उचित वातावरण नहुँदा बसोबास पनि अनुकूल व्यवसाय अँगाल्दै सुविधा भएको स्थानमा सरेका कारण गाउँमा रहेका बिजुलीबत्ती, खानेपानी सिँचाइका संरचनाहरू औचित्यहीन प्रमाणित भएको स्थानीय कृषक धर्मराज रोस्यारा बताउँछन् ।
डडेल्धुरा जिल्लामा मात्रै राजनीतिक पहुँच र भनसुनका आधारमा सयौं योजनाहरू प्रदेश सरकारबाट विनियोजन भएर आउँछन् तर कतिपय योजना उपभोक्ता समिति गठनका लागि मात्र कार्यान्वयन भएको देखिँदा योजनाहरू अलपत्र हुने गरेको स्थानीयको भनाइ छ ।
सम्भाव्यता अध्ययनभन्दा पनि पावरको भरमा योजना आउने त्यसपछि काम समयमा नहुने र क्रमागत बजेट पनि विनियोजन नहुने भएकाले पहिलो पटक सञ्चालन भएका योजनाहरू अधुरा रहने जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेल्धुराका प्राविधिकको भनाइ छ ।
'जिल्लामा वार्षिक सयौं योजना आउछन् ति मध्ये ६० प्रतिशत मात्र सफल हुने गरेको कार्यालयले जनाएको छ । यसबाहेक अरू योजनाहरू पानी नै सञ्चालन नभएकाले जीर्ण र खण्डहर बन्दै गइरहेका छन् यसतर्फ राज्यका बजेट दिन कामको प्रतिफल नचाहने निकायको ध्यान जानुपर्छ,' स्थानीय किसानहरूले भने ।
संघीय, प्रदेश र स्थानीय सरकारबाट सिँचाइ सुविधाका लागि बजेट विनियोजन गराउने तर काम नगर्ने प्रवृत्ति डडेल्धुरामा बढ्दै गइरहेकाले राज्यले योजना मागको आवश्यकतालाई सम्भाव्यता पूर्व अध्ययन, विश्लेषण र कार्य सञ्चालन गर्नुपर्ने अपरिहार्य देखिएको छ ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया