एसईईका लागि मकवानपुरमा २५ परीक्षा केन्द्र

मकवानपुर - आगामी चैत्र १७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि मकवानपुरमा परीक्षा केन्द्र तोकिएको छ । एसईईको लागि जिल्लामा २५ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।
इकाईका अनुसार जिल्लाको ८ वटा पालिकामा एसईईको परीक्षा केन्द्र कायम हुँदा २ वटा पालिकामा परीक्षा केन्द्र तोकिएको छैन । हेटौंडा उपमहानगरपालिकामा १४ वटा र अन्य ७ पालिकामा ११ वटा विद्यालयलाई परीक्षा केन्द्र कायम गर्दा राक्सिराङ र कैलाश गाउँपालिकाको कुनै पनि विद्यालयलाई केन्द्र नतोकिएको हो ।
इकाई मकवानपुरका अनुसार बागमतीमा १, हेटौंडामा १४ वटा, मनहरीमा २ , थाहानगरमा ३ , मकवानपुरगढीमा १, बकैयामा २ , भीमफेदीमा १ र इन्द्रसरोवरमा १ वटा परीक्षा केन्द्र तोकिएको हो । राक्सिराङ र कैलाश गाउपालिकामा भौतिक पूर्वाधारको अभावका कारण परीक्षा केन्द्र नतोकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमले बताए ।
बागमतीको जनता माध्यमिक विद्यालय, मनहरीको राष्ट्रिय रोटरी माध्यमिक विद्यालय र महेन्द्र किरण माध्यमिक विद्यालय, बकैयाको महेन्द्र माध्यमिक विद्यालय र बुद्व माध्यमिक विद्यालय, थाहा नगरपालिकाको मच्छेनारायण माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।
यस्तै मकवानपुरगढी गाउँपालिकाका जाल्पादेवी माध्यमिक विद्यालय, भीमफेदी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालय र इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बालबोधिनी माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।
यसै गरी यस वर्ष मकवानपुरबाट एसईई परीक्षाको नियमित, ग्रेडबृद्धि र प्राविधिक तर्फ ६ हजार ३ सय ३३ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा सहभागीका लागि आवेदन फारम भरेको इकाईले जानकारी दिएको छ । नियमिततर्फ ५ हजार ८ सय ५३ जना, ग्रेडबृद्धि २ सय ५६ जना र प्राविधिक धारतर्फ २ सय २४ जना परीक्षार्थीले परीक्षा आवेदन फराम भरेको बताइएको छ ।
जिल्लाका १ सय सामुदायिक र ३८ वटा संस्थागत गरी १ सय ३८ वटा विद्यालयमा १० कक्षामा अध्ययनरत बिद्यार्थीहरुले एसईईका परीक्षा आवेदन फराम भरेका हुन ।
गतवर्ष जिल्लाका १ सय ३६ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ७ हजार एक सय ३८ जना परीक्षार्थीले परीक्षा आवेदन फारम भरेका थिए । जसमा गे्रडवृद्धितर्फ १४ जना, प्राविधिक धारतर्फ २ सय ४५ जना र नियमिततर्फ ६ हजार ८ सय ७९ परीक्षार्थीले परीक्षा आवेदन फारम भरेका थिए । गत वर्षको तुलनामा मकवानपुरबाट एसईईको परीक्षा आवेदन फराम भर्ने परीक्षार्थीको संख्या यसवर्ष करिब एक हजार जना घटेका छन् ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया