शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

प्रधानसेनापतिसँग युएईका राजदूतको भेट

फाइल फोटो

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गरेका छन् । 

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितबारे विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।