धनगढीमा खुल्यो कृषि मार्ट

कैलाली- धनगढीमा कृषि मार्ट प्रालिको स्थापना गरिएको छ । प्रालिको मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् ।
मार्टको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले अब किसानहरूले आफ्नो उत्पादन बिक्रीवितरण गर्नका लागि विचौलियाको मारमा पर्नु नपर्ने बताए । उनले किसानले सोझै उत्पादित वस्तु मार्टलाई बिक्रीवितरण गर्ने हुँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने बताए ।
व्यवसायी विष्णु बुर्लाकोटीले करिब ५ करोडको लगानीमा धनगढी उपमहानगरपालिका ४ मा एसबी कृषि मार्ट प्रालि संचालनमा ल्याएका हुन् । एकै छानामुनि किसानले उत्पादन गरेका कृषि उपजदेखि कृषि औजार, बिउबिजन र मलखादलगायतका सामान उपलब्ध हुने व्यवसायी बुर्लाकोटीले बताए ।
किसानले उत्पादन गरेका वस्तुहरू सिधै मार्टबाट पाइने भएकाले किसानले आफ्नो सामानको उचित मूल्य पाउने र यसबाट उपभोक्तालाई समेत लाभ हुने बुर्लाकोटीकाे भनाइ छ ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया