गण्डकीमा सभामुखले डाके कार्यव्यवस्था परामर्श समिति बैठक
सभामुखसँग असन्तुष्ट एमाले जाला बैठकमा ?

पोखरा : गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । १५ वैशाखबाट स्थगित बैठक सुरु गर्न सभामुख अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका हुन् ।
एमाले संसदीयदलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार सोमबार ११ बजेका लागि बैठक डाकिएको छ । एमाले भने उक्त बैठकमा उपस्थितहुने/नहुने पक्का छैन । मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर बैठकमा जाने/नजाने निधो गर्ने अधिकारीले बताए । ‘हामी जाने/नजाने टुंगो छैन । बैठकभन्दा अघि दलको नेतासँग छलफल गरेर टुंगो लगाउँछौं,’ अधिकारीले भने ।
सभामुख नेत्रनाथ अधिकारीले आइतबारबाट दलहरुसँग छलफल थालेका छन् । स्थगित प्रदेश सभाको बैठक डाक्न उनले दलहरुसँग छलफल थालेका हुन् । आइतबार सभामुख अधिकारीले राष्ट्रिय जनमोर्चाका संसदीयदलका नेता कृष्ण थापासँग भेटेका थिए । बिहान ११ बजे सांसद थापा र सभामुखबीच भेटवार्ता भएको थियो ।
भेटमा सभामुख अधिकारीले जनमोर्चाका १५ वैशाखको बैठकमा अनुपस्थित सांसद खिमविक्रम शाहीबारे जानकारी लिएका थिए । जनमोर्चाकी सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै निवेदन दिएपछि सभामुखले अविश्वास प्रस्तावमाथिको मतदान प्रक्रिया सुरु नगरी अनिश्चितका लागि बैठक स्थगित गरेका थिए ।
सभामुख अधिकारीलाई राजमो संसदीय दलका नेताथापाले शाही भेटिएको औपचारिक जानकारी गराएका छन् । ‘मैले जानकारी गराएँ, संसद कसरी सुरु गर्ने भन्नेबारे उहाँले दलको रायलिनुभयो,’ सांसद थापाले भने ।
भेटमा सांसद थापाले संसदको बैठक यथाशीघ्र छिटो डाक्न अनुरोध गरेकोसुनाए । आफ्नो दलका कारण सदन अनिश्चितकालका लागि स्थगित भएपछि छिटो सुरु गर्न सुझाव दिएको थापाले बताए । ‘दलको कारण धेरै समय स्थगित भएको छ, अब छिटो सुरु गर्नुस् भनेको छु,’ थापाले भने । सभामुखले छलफलबिनै सदन स्थगित गरेको थापाको बुझाइ छ । अर्कोतर्फ राजमोकी सांसद पियारी थापा सांसद हराएपछि खोजीमा लाग्न बैठक स्थगित भएको बताउँछिन् ।
‘कम्तीमा कार्यव्यवस्थाको बैठक राखेर बैठक स्थगित गर्नुपथ्र्यो नि, कि त प्रमुख सचेतकहरुलाई राखेर बुझ्नुपर्थ्याे,’ राजमो संसदीयदलका नेता थापाले भने । सदन स्थगित गर्नेबारे निवेदन दिने बेला सांसद पियारी थापाले दलको कुरा नसुनी निवेदन दिएको उनको भनाइ छ ।
सभामुख नेत्रनाथअधिकारीले कृष्ण थापासँग छलफल गर्नुअघि कांग्रेस संसदी यदलका नेता कृष्णचन्द्र नेपाली पोखरलेसँग फोनवार्ता गरेका थिए । ‘सभामुखज्यूले हाम्रा दलका नेतासँग पनि फोनवार्ता गरिसक्नु भएको छ,’ कांग्रेस सांसद कुमार खड्काले भने ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्तावमा ३२ सांसदको साथ छ । गण्डकी प्रदेश सभामा कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले २ वैशाखमा अविश्वास प्रस्ताव पेस गरेका थिए । १५ वैशाखको बैठकको कार्यसूचीमा चढेको अविश्वास प्रस्तावमा मतदाननभई बैठक स्थगित भएपछि सत्ता र विपक्षी पार्टीबीच अविश्वासमा मतदान हुने/नहुनेमा तर्क–वितर्क हुन थालेको छ ।

नीति तथा कार्यक्रममा विकास भन्दा गणतन्त्र रक्षाले प्राथमिकता पायोः सांसद सिंह

सडकमा देखिने असन्तुष्टि र निराशा बजेटमार्फत सम्बोधन गरौँः नारायण खड्का

सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्नः आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अर…

स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

सरकारको १५५ बुँदाको नीति तथा कार्यक्रम दिशाहीनः परियार

यस्तो छ नीति तथा कार्यक्रममाथि सांसदहरूलाई प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठसह…

प्रतिक्रिया