ग्रीसमा कोभिड-१९ संक्रमित बढेपछि नोभेम्बर ३० सम्म विद्यालय बन्द

अस्पतालमा कोभिड-१९ संक्रमित विरामीको भीड लाग्न थालेपछि संक्रमण नियन्त्रणका लागि ग्रीसले सबै प्राथमिक, पूर्वप्राथमिक तथा ‘डेकेयर सेन्टर’ सबैलाई बन्द गर्ने घोषणा गरेको छ । शनिबारदेखि नोभेम्बर ३० तारिकसम्म विध्दयालय बन्द गर्ने निर्णय सरकारले गरेको हो ।
“ग्रीक सरकारले विद्यालयहरूलाई आगामी नोभेम्बर ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ,” सरकारका स्वास्थ्यमन्त्री वासिलिस किकिलियसद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले भने, “आधारभूत विद्यालय बन्द गर्ने कुरा नियन्त्रणको अन्तिम उपाय बनाउने हाम्रो इच्छा छ । अहिलेको गम्भीर अवस्थालाई नियन्त्रणमा लिन विद्यालय बन्द गर्नु एक सान्दर्भिक विकल्प देखियो ।”
केन्द्र सरकारले घोषणा गर्नुपूर्व नै स्थानीय पहलमा अधिकांश विद्यालय सोमबार देखि नै बन्द रहेका छन् । यूरोपका अधिकांश विद्यालयहरूले दोस्रो लहरको सङ्क्रमणका समय पनि विद्यालय खोलिरहेका र कतिपयले दूर शिक्षा प्रणालीको सहायतामा कक्षाहरू सञ्चालनमा ल्याएका छन् । (रासस)

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_7OKSeBG3qn_i72cao1tsephugrbccdvsbvyo4nu8ufzs3n1fqhhtvygscpbcezwvy08srxa.jpg)
कङ्गोमा भारी वर्षाले २९ जनाको मृत्यु
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण …

प्रतिक्रिया