सवारी ज्यान मुद्धाका फरार अभियुक्त नाै वर्षपछि पक्राउ

भक्तपुर । सवारी ज्यान मुद्धाका एक फरार अभियुक्त नाै वर्षपछि पक्राउ परेका छन् । नाै वर्षअघि एम्बुलेन्सले ठक्कर दिई दुर्घटना गराई फरार रहेका सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका -१का ईमबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७० जेठ २७ गते भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १५ चारदोबाटोस्थित ऊँ हस्पिटल एण्ड रिसर्च से न्टर प्रा.लि.को बा. ३ च. ५२७५ नम्बरको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो । सो घटनामा कास्कीका शिवशरण रेग्मीको मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका कार्कीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
कार्कीलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखि थप अनुसन्धान भइरहेको छ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया