कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद

कञ्चनपुर - कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद गरिएको छ । जिल्लाको लालझाडीमा घरमा लुकाएको अवैध काठ वरामद गरिएको हो । सव डिभिजन वन कार्यालय लालझाडीले लालझाडी गाँउपालिका वडा नम्बर ५ देखतभूलीका ६ घरबाट अवैध काठ बरामद गरेको बताएको छ ।
सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद भएको जानकारी गराए ।
सुविता रानाको घरबाट ६ दशमलव ८७ क्युफिट काठ चिरान, ३८ दशमलव २८ क्युफिट काठ गोलिया, मोति रानाको घरबाट १५ दशमलव १८ क्युफिट काठ चिरान, ३८ दशमलम शून्य १ क्युफिट काठ गोलिया, मोलो रानाको घरबाट ३३ दशमलव ७४ क्युफिट काठ चिरान, काली रानाको घरबाट १९ दशमलव शून्य १ क्युफिट काठ चिरान, विक्रम रानाको घरबाट २७ दशमलव १४ क्युफिट काठ र भङगी रानाको घरबाट ३२ दशमलव ९४ क्युफिट गोलिया बरामद गरिएको हो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया