सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

बालिकालाई बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ

प्रतिकात्मक तस्वीर

दाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा घोराही उपमहानगरपालिका-९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।