थपिए १९४६ कोभिड-१९ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ९ सय ४६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।
२४ घण्टामा कोभिड-१९ संक्रमणका कारण थप १३ जनाको ज्यान गएको छ । योसँगै कोभिडका कारण हालसम्म १ हजार २ सय १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै गत २४ घण्टामा थप २५ सय ३ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा १ लाख ७० हजार ६३२ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ३६ हजार ४ सय ५२ जना संक्रमित आइसोलेसनमा छन् । १ हजार ५७ जना क्वारेन्टाइनमा छन् । हालसम्म १६ लाख दुई हजार ६ सय ३ वटा पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया