मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

पुजिँदै कुकुर

काठमाडौं : आज कुकुर तिहार । यमराजको दूतका रुपमा घरघरमा कुकुरको पुजा हुँदै छ । मिठा परिकार खुवाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

यही विश्वासका आधारमा कुकुर तिहार मनाइएको हो । यमराजको ढोकामा द्वारपालका रुपमा बस्‍ने कुकुर अहिले मानिसको घर, टोल बजारको पनि सुरक्षा गर्छन् । रक्षा गर्नुका साथै मानिसको वफादार साथी पनि हो कुकुर ।

अहिले नेपालमा विभिन्न प्रजातिका कुकुरहरू पालिएका भेटिन्छन् । राम्रो तालिम पाएका कुकुरले संकटमा आफ्नो मालिकको जीवन रक्षा समेत गर्न सक्ने भएकाले पनि कुकुर धेरैको रोजाइमा पर्दै गएको छ ।