भारतीय अवैध नन ओभन ब्याग छ्याप्छ्याप्ती

कैलाली- धनगढी उपमहानगरपालिकाले नगरभित्र प्लास्टिकजन्य झोलामा प्रतिबन्ध लगाएपछि भारतीय नन ओभन ब्यागको अवैध कारोबार बढेको छ ।
व्यापारीहरूले भारतीय बजारबाट अवैध रूपमा क्यारिङ्ग गरी भित्र्याएका ब्यागको प्रयोग गरिरहेका छन् । यसरी भारतीय बजारबाट आयातित ब्यागको प्रयोग बढेपछि लाखौँ रुपैयाँ खर्चेर धनगढीमा ब्यागका उद्योग व्यवसाय गरिरहेका व्यावसायीहरू धरासायी हुने अवस्थामा पुगेका छन् ।
धनगढीमा विगत लामो समयदेखि नन ओभन ब्यागको उत्पादन गरिरहेका व्यवसायीहरूले भारतीय बजारमा उत्पादित ब्यागको अवैध कारोबार बढेपछि आफूहरू मर्कामा परेको बताएका छन् । उनीहरूले यसरी अवैध रूपमा समान नेपाल आउँदा एकातिर राज्यलाई राजश्व नोक्सानी हुने र अर्कोतिर लाखौँ खर्चेर सुरु गरेको व्यवसाय नै धरापमा पर्ने बताए ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया