सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका भण्डारी निर्वाचित

काठमाडौँ - सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का भीम भण्डारी निर्वाचित भएका छन् । मंगलबार बिहान भएको मतदानबाट भण्डारी सभामुख निर्वाचित भएका हुन् । भण्डारीले २९ मत पाए । उनको विपक्षमा २३ मत परेको छ । ५३ सदस्यीय प्रदेश सभामा मतदानमा ५२ जना सहभागी भएका थिए ।
यसअघि सुदूरुपश्चिम प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका मानबहादुर रावललाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
सभामुख चयनका लागि आज तेस्रो पटक चुनाव भएको हो । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।
२८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक-एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।
३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया