नेकपा एस मधेस प्रदेशको संसदीय दलको नेतामा न्यौपाने चयन

जनकपुरधाम- नेकपा (एकीकृत समाजवादी) मधेस प्रदेशको संसदीय दलको नेतामा गोविन्दबहादुर न्यौपाने चयन भएका छन् ।
शनिबार बसेकाे एकीकृत समाजवादी संसदीय दलको बैठकबाट न्यौपानेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको हो । मधेस प्रदेशमा नेकपा एसका ७ जना प्रदेश सभा सदस्य छन् ।
न्यौपानेले प्रदेश सभामा ज्येष्ठ सदस्यको हैसियतले प्रदेश सभाको सभामुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रदेश सभाको पहिलो बैठक उनकै अध्यक्षतामा बसेको थियो । प्रदेश सभामा नयाँ सभामुख निर्वाचित भएर नआउञ्जेलसम्म न्यौपानेले नै सभामुख रहने छन् ।
सभामुखको उम्मेदवारी शनिबार दर्ता भइसकेको छ । माघ २ गते निर्वाचनबाट नयाँ सभामुख चयन हुनेछ । सत्तारूढ गठबन्धनबाट एमालेका रामचन्द्र मण्डल र कांग्रेसबाट जंगीलाल राय यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया