सैनिक विशेष अदालतका पूर्वपदाधिकारी सम्मानित

काठमाडौँ - कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना ‘प्राड विवाक जर्नल २०७९’ को संयुक्तरूपमा विमोचन गरेका छन् ।
प्राड विवाकको ६०औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रमा उनीहरूले सैनिक विशेष अदालतका पूर्वअध्यक्ष, सदस्य र प्राड विवाकका अवकासप्राप्त रथीवृन्दलाई सम्मान गरे ।
कानुन र सैनिक न्याय प्रणालीका विविध पक्ष समेटिएको उक्त जर्नलमा सैनिक व्यक्ति संलग्न मुद्दामा सर्वोच्च अदालतबाट भएका अन्तिम फैसला, सैनिक विशेष अदालतबाट फैसला तथा सुरु सैनिक अदालतबाट भएका केही महत्त्वपूर्ण निर्णय समावेश छन् ।
यसअघि न्याय निरुपण तथा फैसला लेखन, साइबर अपराधसम्बन्धी पछिल्ला गतिविधि तथा वैज्ञानिक अनुसन्धान विधि, सार्वजनिक खरिद एवं सूचना प्रविधिका विविध पक्षसँग सम्बन्धित रही प्राड विवाकद्वारा आयोजित तीन दिने गोष्ठीको प्रधानसेनापति शर्माले समापन गरे ।
गोष्ठीबाट नेपाली सेनालाई आवश्यक पर्ने ऐन, नियम, कार्यविधि तथा निर्देशिकाको मस्यौदा गर्ने तथा सोको कार्यान्वयनका लागि विभिन्न तहका सैनिक निकायलाई कानुनी राय सुझाव, सैनिक कसुरको अनुसन्धान तहकिकात तथा अभियोजन गर्न तथा सैनिक अदालतमा खटिई सैनिक न्याय सम्पादनमा सहयोग पुग्ने सेनाले अपेक्षा गरेको छ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया