वडा सचिव र प्रशासन सहायकविरुध्द भ्रष्टाचार मुद्दा

काठमाडौंःकरदाताबाट संकलित राजस्व बैंकमा जम्मा नगरी हिनामिना वडा सचिव र प्रशासन सहायकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । सुर्खेतको वीरेन्द्रनगरपालिका–४ का वडा सचिव इन्द्रप्रसाद अधिकारी र प्रशासन सहायक रत्नबहादुर बिकविरुद्ध बैंकमा जम्मा गर्नुपर्ने राजस्व हिनामिनाको दाबीसहित आयोगले असोज २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
वडा कार्यालयले २० लाख २० हजार ६७ रुपैयाँ राजस्व संकलन गरेका थिए । तिनले जम्मा ४ लाख १६ हजार ६ सय रुपैयाँ मात्र बैंकमा दाखिला गरेका थिए । बाँकी १६ लाख ३ हजार ४ सय ६७ रुपैयाँ भने बैंकमा जम्मा नगरी आफूखुसी काममा खर्च गरेका थिए ।
आयोगले दुवैको प्रत्यक्ष मिलेमतो, संलग्नतामा भ्रष्टाचार भएको प्रमाण र जिकिरसहित बैंकमा जम्मा नभएको रकम भ्रष्टाचार भएको ठहर गरेको छ । दुवैविरुद्ध १६ लाख ३ हजार ४ सय ६७ रुपैयाँ बिगो बमोजिम दोब्बर जरिवाना, कैद सजायँ हुनुपर्ने माग आयोगको छ । त्यसअतिरिक्त ७ लाख १६ हजार ७ सय १७ रुपैयाँ राजस्व पनि बैंक दाखिला नगरी हिनामिना गरेको दाबीसहित रकम जफतको माग आयोगको छ ।

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

दिपक मनाङेको सांसद पद खारेज

उच्च अदालतले भन्योः पाण्डेलाई काम गर्न दिनू

प्रतिक्रिया