गुरुकुल शिक्षाले मानिसलाई स्वअनुशासित बनाउँछ : कोइराला

विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् ।
विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गुरुकुल शिक्षाको महत्व अझै पनि बुझ्न नसकेको बताए । उनले गुरुकुल शिक्षामा शिक्षक र विद्यार्थी सँगै बसेर पाठ्यक्रम बिना नै विद्यार्थीहरुले सिक्दै जाने उल्लेख गरे ।
“गुरुकुल शिक्षाको महत्व बेग्लै छ । गुरुकुल शिक्षामा विद्यार्थी र शिक्षकसँगै बसेर पाठ्यक्रम बिना नै सिक्दै जान्छन् । त्यति मात्रै होइन उनीहरु स्वअनुशासितसमेत हुन्छ,” प्रतिनिधिसभाका सांसदसमेत रहका नेता कोइरालाले भने, 'गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवनमा प्रवेश गरेपछि कसरी गृहस्थ जीवन चलाउने भनेर ज्ञानसमेत दिन्छ ।'
नेता कोइरालाले गुरुकुल शिक्षाको महत्व राज्यले अझै बुझ्न नसकेको बताए । नेपाली भाषाको पनि मातृभाषाका रुपमा रहेको संस्कृत शिक्षालाई उच्च महत्वका साथ राज्यले हेरिनुपर्नेमा कोइरालाले जोड दिए । संस्कृत भाषा र यसका ध्वनिका विषयमा बैज्ञानिकहरुले समेत खोज गरिरहेकाले यसको औचित्यसमेत पुष्टि हुँदै गएको उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य भीम पराजुलीले आधुनिक शिक्षाका नाममा संस्कृत भाषा मास्ने काम भएको र यसका विषयमा प्रदेशसभामा आवाज उठाउने बताए । पराजुलीले संस्कृत भाषालाई माध्यमिक तहसम्म पढाइहुनुपर्ने जोड दिए ।
कार्यक्रममा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले संस्कृत भाषाको संरक्षण र सम्वद्र्धनमा तीनै तहको सरकारको सहकार्य आवश्यक रहेको बताए । उनले नेपालमा रहेको एउटा मात्रै संस्कृत विश्वविद्यालयलाई चलायमान बनाउन नसकिएको समेत उल्लेख गरे ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारी, भारतीय शिक्षण मण्डलका दीपक कोइराला, संस्कृत भाषाका ज्ञाता डा. गुरुप्रसाद सुवेदी, डा. बासुदेव शास्त्रीलगायतले संस्कृत भाषाको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए । संस्कृत भाषा सम्बन्धी तालिम पुस २१ गतेसम्म सञ्चालन हुने लक्ष्मीनारायण मन्दिरका पिठाधीश अच्युत प्रपन्नाचार्यले जानकारी दिए ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया