शीतलहर बढेपछि महोत्तरीका ७ पालिकाका विद्यालय बन्द

महोत्तरी- बाक्लो हुस्सु र शीतलहर बढेपछि महोत्तरीमा सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् ।
अत्यधिक जाडो बढेपछि जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानीय तहले धमाधम बिदा दिन थालेका हुन् ।
अहिलेसम्म जिल्लामा ७ पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ ।
औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेस्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका गरी ७ पालिकाहरूमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।
सोमबारदेखि बढेको अत्यधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरूले पनि बिदाको तयारी गरेका छन् ।
जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेबाट बिदा दिने त्यहाँको शिक्षा शाखाले जानकारी दिएकाे छ । न्युज कारखाना

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया