वेलकाका लघुवित्त वित्तीय संस्थाहरूको खरेजीको माग गर्दै स्थानीय आन्दोलित

उदयपुर- उदयपुरको वेलका नगरपालिकामा संचालित लघुवित्त वित्तीय संस्थाहरूको खरेजीको माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् ।
उनीहरूले आइतबार विभिन्न प्लेकार्ड बोकेर नाराजुलुससहित नगरपालिका पुगेर ज्ञापन पत्र बुझाउँदै लघुवित्त वित्तीय संस्थाहरूको खरेजीको माग राखेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले गलत ढंगबाट बचत गराउने गरेको र आफ्नै पैसा पुनः आफूहरूलाई नै चर्को रूपमा लगानी लगाएर ब्याज लिने गरेको आरोप लगाएका छन् ।
उनीहरूले आफूहरूलाई कर्जा चुक्ता गर्न नसके मर्न वा शरीर बेचेरै भए पनि कर्जा तिर्न धम्की दिने गरेकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन् ।
बेलका नगरपालिकाको विभिन्न वडाका साथै श्रीलंका टप्पुवासी महिला पुरुषले संयुक्त रूपमा संघर्ष समिति निर्माण गरी आन्दोलन सुरु गरेका छन् ।

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रल…

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया