'नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने खतरा'

काठमाडौँ - राष्ट्रिय उद्योग तथा व्यापार महासंघले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने प्रवल खतरा बढेको भन्दै तत्काल महत्वपूर्ण कदम चाल्न सुझाव दिएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले बैक तथा वित्तीय संस्थाले वृद्धि गरेको व्याजदरलाई उचित न्यूनीकरण गरी १ अंक कायम गरिनुपर्नेदेखि लिएर स–साना व्यवसायीलाई सहजताका साथ व्यापार गर्ने वातावरण निर्माण गरिनुपर्नेलगायत विभिन्न ११ बुँदे सुझाव सार्वजनिक गरेको हो ।
महासंघले राष्ट्रलाई समुन्नत बनाउनका लागि स–साना व्यवसायीहरुको संरक्षण गर्दै राष्ट्रिय उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिएको छ । महासंघको बैठकका धारणा सार्वजनिक गर्दै महासंघका संयोजक जितेन्द्र दाहालले अहिले देश रेमिट्यान्सको भरमा रहेकाले उत्पादन क्षेत्रमा युवाहरुको आकार्षणका लागि सरकारले ध्यान दिने बेला आएको बताए ।
उनले अहिले सत्ताको वरिपरी रहेका सीमित व्यवसायीको भलाइका लागि नेपालको उत्पादन निषेध गरिएको आरोप लगाए । यही अवस्था कायमै रहे नेपालको अर्थतन्त्र दलालहरुको हातमा जाने उनको भनाइ छ ।

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौँको रोकियो

प्रतिक्रिया