बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

एभरेष्ट बैंकद्वारा धादिङको श्री मच्छिन्द्र माध्यामिक विद्यालयलाई आर्थिक सहयोग

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ ।  यसै सन्दर्भमा बैंकले एक कार्यक्रमकाबीच धुनिवेशी नगरपालिका ७ खानीखोला, धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यामिक विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आपूर्ति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि दुई लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सो कार्यक्रममा एभरेष्ट बैंकका सिएसआर कमिटीका सदस्य तथा नायब महाप्रबन्धक केशवराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरे । यस बाट विद्यालयको समष्टि गत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा विद्यलायका उप–प्रधानाध्यापक गोवर्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पा लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५९ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…