सहकारीकाे छवि सुधार्न लेखा समिति सदस्यमा सापकाेटाकाे उम्मेदवारी

काठमाडौँ- राष्ट्रिय सहकारी बैंकको लेखा समिति सदस्यमा निर्वाचित गराउन केशवप्रसाद सापकोटाले अनुरोध गरेका छन् । उनी सहकारी क्षेत्रमा दुई दशकदेखि सक्रिय रुपमा काम गरिरहेका छन् ।
विकु बचत तथा ऋण सहकारीमा उनी निर्वतमान अध्यक्षसमेत हुन् । सापकोटा विकूमा स्थापना कालदेखि रहेका छन् ।
सहकारी संस्थाको इमेज खराब हुँदै गएकाले त्यसलाई सुधार्न पनि सदस्यमा उम्मेदवारी दिनुपरेको सापकोटाले बताए । ‘सञ्चालकहरूले विभिन्न ठाउँमा बचतकर्ताको पैसा खाएर भागे भन्ने आरोप छ । त्यस्ता आरोपलाई न्यूनीकरण गरी शुद्धीकरण गर्नुपर्नेछ,’ उनले भने ।
सहकारीहरू नीति र विधिले चल्नुपर्ने सापकोटाले माग राखेका छन् । सहकारीमा आर्थिक सुशासन हराउँदै गएकाले सुशासनलाई मुख्यतया प्राथमिकतमा राख्नुपरेको उनले बताए ।
ग्रामीण र सहरी भेगमा बसोबास गर्ने गरिबहरूको वित्तीय पहुँच पुर्याउनु मुख्य दायित्व रहने काम गर्ने उनले बताए । सहकारीले निम्न तहका मानिसहरूलाई घरदैलो सेवा अभियानलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।
शनिबार पुस १६ गते हुने निर्वाचनम उनीसहित चारजना प्रतिस्पर्धी लेखा समितिको सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।
सापकोटासँग संयुक्त राष्ट्रसंघको सहकारी खाद्य विभागमा विज्ञको रुपमा काम गरेको अनुभव छ ।
राष्ट्रिय सहकारी बैंकमा १५ हजार ८ सय सहकारी संस्था आवद्ध छन् । तिनका पदाधिकारीले सञ्चालक तथा लेखा समितिका सदस्य चयन गर्ने छन् । ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको छ । देशभरका विभिन्न स्थानमा ५७ वटा शाखा छन् ।

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रल…

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया