सुनको भाउ बढ्यो

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख नौ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम थियो ।

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौँको रोकियो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया