स्थानीय तहलाई अझै प्रभावकारी बनाऔँ : पोखरेल

काठमाडौँ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले संघीय व्यवस्थाको सफल कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले ती तहले अझै प्रभावकारीरूपमा काम गर्नुपर्ने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले शुक्रबार आयोजना गरेको ‘गाउँपालिकाका असल अभ्यासको सँगालो’ पुस्तकको भर्चुअलरूपमा लोकार्पण गर्दै पोखरेलले संघ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र देशको समृध्दि र विकास सम्भव हुने बताए ।
उनले स्थानीय सरकारलाई केन्द्र सरकारका तर्फबाट हुनुपर्ने साथ र सहयोग सधैँ रहने बताए । कोभिड-१९ को रोकथाम र उपचारका लागि स्थानीय तहले गरेका कामको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरे ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य गोकर्णराज विष्टले निर्वाचनका समयमा जनतामाझ गरिएका वाचा पूरा गर्न जनप्रतिनिधिले गरेको सकारात्मक अभ्यासको प्रचारप्रसार हुनुपर्ने बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले स्थानीय तहले गरेका राम्रा कामले गर्दा वर्तमान समयमा जनताले नजिकबाट सरकार भएको अनुभूति गरेको बताए । महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त पुस्तकले स्थानीय तहको आवश्यकता र महत्वबारे थप स्पष्ट पारेको बताए ।
पुस्तकमा पाँच विषयगत क्षेत्रमा समावेश गरिएको छ, जसमा ‘संस्थागत सुदृढीकरण, सेवा प्रवाह र अन्तरसरकार समन्वय’, ‘भौतिक विकास’, ‘सामाजिक विकास’, ‘आर्थिक विकास’ र ‘वन वातावरण तथा विपत् व्यवस्थापन’ छन् ।
मुलुकभरका ६६ जिल्लाका गाउँपालिका पुस्तकमा समेटीएका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी वाग्मती प्रदेशका ६२, प्रदेश नं. १ का ३८, प्रदेश नं. २ का १९, लुम्बिनी प्रदेशका ३९, गण्डकी प्रदेशका ३१, कर्णाली प्रदेश २८ र सुदूरपश्चिम प्रदेश २६ वटा अभ्यासहरु पुस्तकमा समेटिएका छन् । (रासस)

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया