अर्ग्यानिक कृषि उत्पादन गाउँपालिका बनाउन पहल
गलेश्वर- म्याग्दीका स्थानीय तहले अर्ग्यानिक खेतीमा जोड दिएका छन् । रासायनिक मलको बढ्दो प्रयोगले खेतबारीको माटोमा अम्लीयपना बढ्दै जाँदा उत्पादन घट्न थालेपछि यहाँका किसानले प्राङ्गारिक मल र रैथाने बिउबिजनको प्रयोगमा जोड दिन थालेका हुन् ।
किसानको यो अभियानलाई यहाँका स्थानीय तहले पनि सघाउने भएका छन् । जिल्लाको मङ्गला गाउँपालिकाले मानव मूत्रको प्रयोग गरी फलफूल, तरकारी र खाद्यान्न उत्पादन गर्ने किसानलाई प्रोत्साहित र पुरस्कृत गर्ने गरेको छ ।
रासायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेका बेला मङ्गलाले अर्ग्यानिक कृषि उत्पादन गाउँपालिका बनाउन पहल गरिएको हो ।
गाउँपालिका र स्थानीय किसानको संयुक्त पहलमा मङ्गलालाई अर्ग्यानिक कृषि उत्पादन गाउँपालिका बनाउन अभियान सुरु गरेपछि किसान पनि उत्साहित भएका कृषि प्राविधिक जगत बानियाँले बताए ।
गाउँपालिकाले प्राङगारिक गुणस्तर निर्धारण प्रणाली प्रवद्र्धन कार्यविधि बनाएर काम गरिरहेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
त्यसैगरी जिल्लाका अन्य पालिकामा पनि प्राङ्गारिक खेती प्रणालीतर्फ किसान आकर्षित हुन थालेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । यसलाई सहज गराउन कृषि ज्ञान केन्द्र म्याग्दीले पनि सहजीकरण गरिरहेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए ।
किसानले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाईभैँसीको मूत्र, मानव र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्दै आएका छन् । उनीहरुले तितेपाती, असुरो, खरानी, गाईभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोगकीरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने कामसमेत गर्न थालेका छन् ।
प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गर्दा प्रति इकाई भूमिबाट अधिक उत्पादन हुनुको साथै पर्यावरण वातावरण सन्तुलन राख्न सहयोग पुग्ने कृषि विज्ञको तर्क छ ।

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौँको रोकियो

प्रतिक्रिया