बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

सुनचाँदीको मूल्यमा ओरालो, कतिमा हुँदै छ कारोबार ?

फाइल तस्बिर

काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । 

बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूल्य तोलाको एक लाख ६ सय रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोला १४ सय रुपैयाँ निर्धारण भएको थियो ।