पर्यटन व्यवसायी संघको अध्यक्षमा निराजन तिवारी निर्वाचित

काठमाडौं - नेपाल पर्यटन विकास व्यवसायी संघको चौथोे साधारण सभा सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न सभाले संघको अध्यक्षमा निराजन तिवारीलाई निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा भागवत सिंखडा, सहसचिवमा अमित वस्ती, कोषाध्यक्षमा भरत प्रसाद तिमिल्सिना तथा सदस्यहरुमा राजु थपलिया, ऋषिराज उपाध्याय, नाती महर्जन र रिदिप श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रमा लागि परेका विभिन्न संस्थाको नाम फरक भए पनि उद्देश्य भने एकै रहेकाले सहकार्यमा जोड दिए । आगामी दिनहरुमा पर्यटन प्रवद्र्धनलगायतका कार्यहरुमा नेपाल पर्यटन विकास व्यवसायी संघसँग सहकार्य रहिरहने उनले बताए ।
श्रेष्ठले पर्यटन क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण लगानी रहेकाले यसलाई जोगाउन सरकारले महत्वपूर्ण भूमीका खेल्नुपर्नेमा समेत जोड दिए । “सरकारले पर्यटनमा पनि एग्रो टुरिजम लगायतमा जोड दिनुपर्छ,” उनले भने, “पर्यटनलाई विभिन्न विधामा जोड्न सके यसबाट दिगो विकास सम्भव छ ।”
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका इतिहास संस्कृति तथा पुरातत्व विभागका प्रमुख डा. सोमप्रसाद खतिवडाले पर्यटन व्यवसायी संघसँग मिलेर आफूले नेपालको कला तथा संस्कृति क्षेत्रमा खोजमुलक काम गर्ने बताए ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_MB2qcY6SWz_2sdr4rt4qtjbwc7uaoa0bniawlnrvvp6eov0ld0hibsf5sxlubo8nlownfyv.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_vxTEfLsVgU_pv1kcfzd8zg6dcytz2spfg4vhsqpaqecmc6wqw2ygleicgy9fkie9kcdvqws.jpg)
प्रतिक्रिया