नर्भिकद्वारा साधारणसभा आह्वान, आइपीओको अजेण्डा छ कि छैन ?

काठमाडौंँ - आइपीओ निस्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारणसभा आह्वान गरेको छ ।
केही दिनअघि बसेको नर्भिक इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा आह्वान गरेको हो ।
साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन् । साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावबमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्नेछ । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) रहेको छ । यी दुवै प्रस्तावलाई साधारणसभाले अनुमोदन गर्नेछ ।
हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्तापूँजी बढेर २७ करोड रुपैयाँको उचाइमा पुग्नेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८ ७९ उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९ ८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरू अनुमोदन गर्ने लगायतका अजेण्डामाथि साधारणसभामा छलफल हुनेछ ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_0qEMQl0TvU_ligeiwenokhwgy7djpfgrqtndiegvabaykdm8q3kmtang0plzo1euvldrfou.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया