लिभरपुलमाथि सिटीको जित

काठमाडौँ - कारबाओ कप फुटबलअन्तर्गत म्यानचेस्टर सिटीले साविक विजेता लिभरपुलमाथि जित हात पारेको छ । चौथों चरणअन्तर्गत इतिहाद स्टेडियममा बिहीबार राति भएको खेलमा सिटीले लिभरपुललाई ३-२ ले पराजित गर्यो ।
सिटीको जितमा अर्लिङ हालान्ड, नथन अके तथा रियाद महरेजले एक-एक गोल गरे । लिभरपुलका लागि फाबियो कारभाल्हो र मोहमद सालाहले एक-एक गोल गरे ।
हालान्डले १० औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि कारभाल्होले २०औँ मिनेटमा खेललाई बराबरीमा पुर्याए ।
महरेजले पुनः ४७ औँ मिनेटमा सिटीलाई अग्रता दिलाए पनि सालाहले ४८औँ मिनेटमा खेललाई २-२ को अवस्थामा पुर्याए । तर अकेले ५८औँ मिनेमा गरेको गोलसँगै सिटीले जित हात पार्यो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया