टिप्परले अटोलाई ठक्कर दिँदा एकको मृत्यु

कैलाली- टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा टिप्परले अटोलाई ठक्कर दिँदा सोही नगरपालिका-७ हरैयाका ३ वर्षीय बालक भरत ठकुल्लाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले आज बिहान पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको सु प प्र ०१००१ क २०२० नम्बरको टिप्परले विपरित दिशातर्फ आउँदै गरेको सु प प्र ०१००१ ह ४९१८ नम्बरको अटोलाई ठक्कर दिँदा घाइते भएका ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको बताए ।
प्रहरी ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएको बताए । डिएसपी जोशीले अहिले उक्त स्थानमा स्थानीयले सडक अवरुद्ध पारेको जानकारी दिए । उनले सडक खुलाउने प्रयास भरहेको बताए ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया