शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

संसद्‍का महासचिव गौतमले सर्वोच्चलाई पत्र पठाउँदै भने : रिट मनासिव देखिँदैन, खारेज गर्नू

काठमाडौँ- संघीय संसद्‍का महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पठाएका छन् । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै पत्र दिएपछि विवादमा परेका गौतमसँग सर्वोच्च अदालतको फुल कोर्ट (पूर्ण बैठक) र संवैधानिक इजलासले उक्त पत्र दिनुका कारणबारे जवाफ माग गरेका थिए ।

उनले प्रतिनिधि सभाको निर्वाचन पश्चात प्रतिनिधि सभा गठन हुन लागेको अवस्थामा महाअभियोगको प्रस्ताव नयाँ प्रतिनिधि सभाले ग्रहण गर्ने संवैधानिक मान्यता तथा परम्परा रहेको भनी रिट निवेदनमा लेखेको विषय आफैँमा तथ्यविहीन भएको आरोप लगाएका छन् ।

गौतमले पठाएको पत्रमा महासचिवको कार्य प्रथम दृष्टिमा नै असंवैधानिक रहेकाले बदरभागी रहेको छ भन्ने रिट निवेदकको व्यहोरा कुनै पनि दृष्टिकोणबाट मनासिव देखिँदैन रिट निवेदन खारेज गर्न माग गरेका छन् ।