पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो

पोखरा - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तयारीमा जुटिसकेको छ ।
तर, अहिलेसम्म विमानस्थलबाट कुन जहाजले पहिलो उडान भर्ने भन्ने निर्णय भएको छैन । यद्यपि विभिन्न कम्पनीले पहिलो उडानमा चासो देखाएका छन् । नेपाली र विदेशी हवाइ कम्पनीले समेत चासो देखाएका प्राधिकरणले जनाएको छ ।
विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइ एयर, जजिरा एअरवेजले चासो देखाएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलबाट नेपाली विमान कम्पनी बुद्ध एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्न अनुमति मागेका छन् ।
पोखराका मेयर धनराज आचार्यले आफुसँग पनि विभिन्न ४ वटा विदेशी एयरलाइन्स कम्पनीले भेटेरै पहिलो उडानमा चासो दिएको बताए । ‘मसँग ज्ञारेण्टी माग्नुभएको छ । केही आन्तरिक व्यवस्थापन हामीले मिलाउनुपर्ने भएको छ,’ उनले भने, ‘४ वटा कम्पनीले मलाई नै भेटेर सहजीकरणको प्रस्ताव गर्नु भएको छ ।’ खासगरी पोखराको ल्याण्डफिल साइट हटाउन नसक्दा अहिले बढी समस्या देखिएको छ ।
बुद्ध एयरले पोखरालाई हब बनाएर भारतका तीन प्रमुख शहरमा उडान भर्ने तयारी गरेको छ । बनारस, नयाँ दिल्ली र देहरादुनमा बुद्धले उडान भर्न लागेको हो ।
विमानस्थलमा क्यालिब्रेसन फ्लाइट समेत भैसकेको छ । प्रतिवेदन पाएपछि उडानका लागि थप सहयोग पुग्छ । क्यालिब्रेसन फ्लाइटका लागि थाइ एयर पोखरा आएको थियो ।

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

प्रतिक्रिया