मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

शिवम् सिमेन्ट 'बेस्ट म्यानेज्ड कम्पनी २०२२' अवार्डबाट सम्मानित

काठमाडौं - शिवम् सिमेन्ट लिमिटेडले 'बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर २०२२' अवार्ड प्राप्त गरेको छ। शिवम् सिमेन्ट्स लिमिटेडलाई न्यू बिजनेस एज प्रालिले सातौं न्यूबिज बिजनेस कन्क्लेभ एन्ड अवार्डअन्तर्गत मंसिर २६ गते सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेस कन्क्लेभ एन्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक(फरक ७ वटा संस्थागत विधामा दिइएको सो अवार्डहरु मध्ये शिवम् सिमेन्ट लिमिटेडले बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड प्राप्त गरेको हो ।

यसभन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड-२०१९ प्रथमबाट सम्मानित भइसकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओपिसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तरिक व्यवस्थापन, पारदर्शिता, ६० हजारभन्दा बढी सेयर होल्डर एवं कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक(पटक विभिन्न तवरबाट सम्मानित हुँदै आइरहेको छ ।

नेपालको केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्यधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…