स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण भएनः उपाध्यक्ष मलहोत्रा

काठमाडौँ - नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दिपक मलहोत्राले मुलुकमा स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण नभएको बताएका छन् ।
बिहीबार काठमाडौं भएको आइपीडिएफको कार्यक्रममा बोल्दै उपाध्यक्ष मलहोत्राले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण बनाउनको लागि स्थिर सरकार आवश्यक रहेको बताएका हुन् ।
उनले मुलुकमा स्थिर सरकार नहुँदा निजी क्षेत्रले विदेशी लगानी ल्याउन नसकेको बताए । उनले पाँच वर्ष अघि स्थिर सरकार बनेर लगानीको वातावरण बन्ने आश गरेपनि सफल हुन नसकेको बताए ।
मलहोत्राले अन्तर्राष्ट्रिय देशहरुमा विदेशी लगानी ल्याउन सहज भएपनि सानो विदेशी लगानी ल्याउँदासमेत समस्याको चाङ आइपर्ने बताए । उनले अब बन्ने सरकारले विदेशमा गएको युवा जनशक्तिलाई नेपालमा कसरी फर्काउने र उद्योगधन्दा बढाएर रोजगारी कसरी दिने भन्ने विषयमा ध्यान दिनुपर्ने बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अजय सुमार्गीले निजी क्षेत्रलाई विदेशी लगानी ल्याउन भनेपनि सरकारको नीति बाधक बनेको बताए । उनले नेपाल राष्ट्र बैंकले स्वीकृत नदिएसम्म कुनैपनि देशको लगानी नेपालमा नआउने बताए ।
उनले देशले नीतिहरु ठूलो ल्याउने तर काम सानो गर्नुपर्ने अवस्था रहेको बताए । उनले नेपालमा उद्योगधन्दाहरु खोल्ने ठूलो सम्भवना भएपनि नीतिगत कारणले खोले पनि चल्न नसक्ने अवस्था रहेको बताए ।

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

प्रतिक्रिया